नियम ३४
सम्पत्ति हस्तान्तरण हुने
(१) ऐनको दफा २५ को उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त भएको जम्मा पूँजी लगानीको पचास प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा सङ्गठित संस्थाको लगानी भएको सेवा प्रदायक वा जम्मा पँजी लगानीको पचास प्रतिशतसम्म विदेशी व्यक्ति वा सङ्गठित संस्थाको लगानी भएको ऐनको दफा इ३ई को उपदफा (४) बमोजिम नयाँ अनुमतिपत्र लिई सञ्चालन गर्न नचाहने सेवा प्रदायकको नियम २४ बमोजिम भएको लिलाम बिक्री गर्दा बोलपत्र स्वीकृत भई नियम ३१ बमोजिम सम्झौता गरेको व्यक्तिलाई बोलपत्र बमोजिमको रकम दाखिला भएपछि साविकको सेवा प्रदायकको सम्पत्ति हस्तान्तरण हुनेछ।
(२) जम्मा पूँजी लगानीको पचास प्रतिशतसम्म विदेशी व्यक्ति वा सङ्गठित संस्थाको लगानी भएको ऐनको दफा ३३ को उपदफा (४) बमोजिम नयाँ अनुमतिपत्र लिई सञ्चालन गर्न नचाहने सेवा प्रदायकको सम्पत्ति नियम ३० बमोजिम बोलपत्र स्वीकृत भई नियम ३१ बमोजिम सम्झौता गरेको व्यक्तिले दाखिला गरेको रकम मध्येबाट नियम २६ बमोजिम यकीन भएको दायित्व वापत भुक्तानी गरी बाँकी रहेको सम्पत्ति साविकको सेवा प्रदायकलाई हस्तान्तरण हुनेछ।
(३) प्राधिकरणले नियम १८ बमोजिम नियन्त्रणमा लिएको जम्मा पूँजी लगानीको पचास प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा सङ्गठित संस्थाको लगानी भएको नियम २६ बमोजिम दायित्व भन्दा सम्पत्ति बढी भएको सेवा प्रदायकको सम्पत्ति नियम २४ बमोजिम भएको लिलाम बढाबढबाट बोलपत्र स्वीकृत भई नियम ३१ बमोजिम सम्झौता भई बोलपत्र बमोजिमको रकम दाखिला भएपछि त्यस्तो रकमबाट नियम २६ बमोजिम यकीन भएको दायित्व भुक्तान गरेपछि बाँकी रकम नेपाल सरकारको नाममा जम्मा गरिनेछ। बोलपत्रमा उल्लिखित सम्पत्ति मध्ये हस्तान्तरण हुनुपर्ने सम्पत्ति सम्झौता गर्ने व्यक्तिलाई हस्तान्तरण हुनेछ।
(४) नियम ३२ बमोजिम क्रण र दायित्व सकार गरेकोमा त्यसरी सकार गरिएको सम्पत्ति सकार गर्ने व्यक्तिले प्राधिकरणसँग सम्झौता गरी दायित्व भुक्तान गरेपछि वा प्राधिकरणको स्वीकृतिमा सो बराबरको बैङ्क जमानत दाखिला गरेपछि सकार गर्ने व्यक्तिको नाममा हस्तान्तरण हुनेछ।
(५) यस नियम बमोजिम हस्तान्तरण हुने सम्पत्ति मध्ये कुनै सम्पत्ति प्रचलित कानून बमोजिम रजिष्ट्रेशन पारित हुनुपर्ने वा अभिलेख हुनुपर्ने भए प्राधिकरणले त्यसरी रजिष्ट्रेशन पारित गरिदिन वा अभिलेख गर्न सम्बन्धित निकायमा लेखी पठाउने र सम्बन्धित निकायले पनि सोही बमोजिम रजिष्ट्रेशन पारित वा अभिलेख गरिदिनु पर्नेछ।